मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाँच नयाँ मन्त्री नियुक्त, अब ९ सदस्यीय मन्त्रिपरिषद्

2.1K
SHARES
पाँच नयाँ मन्त्री नियुक्त, अब ९ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । शीतल निवास स्रोतका अनुसार, नयाँ नियुक्तिहरूपछि मन्त्रिपरिषद् अब ९ सदस्यीय बनेको छ ।

नयाँ नियुक्त मन्त्रीहरूमा अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेल छन् । यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकोमा आइतबार थप पाँच मन्त्री नियुक्त भएसँगै सदस्य संख्या नौ पुगेको हो ।

स्रोतका अनुसार, अनिल कुमार सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधार मन्त्रालय, महावीर पुनलाई शिक्षा मन्त्रालय, संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रालय, मदन परियारलाई कृषि मन्त्रालय र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह आज हुने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ६, सोमबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP