मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप: पहिलो जितको खोजीमा नेपाल

1.4K
SHARES
टी–२० विश्वकप: पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपअन्तर्गत नेपाल आज (बिहीबार) दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग पराजित भएको नेपाल यस खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।

भारतको मुम्बईस्थित वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ः०० बजे खेल सुरु हुनेछ । विश्वकपमा पहिलोपटक सहभागी भएको इटाली टोली पनि नेपालजस्ता अनुभवी टिमलाई पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्ने रणनीतिमा मैदान उत्रनेछ ।

नेपाल भने तेस्रोपटक टी–२० विश्वकपमा सहभागी भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो । २०१४ को संस्करणमा नेपालले हङकङलाई ८० रन र अफगानिस्तानलाई ९ रनले हराउँदै ऐतिहासिक सफलता हासिल गरेको थियो । तर त्यसयता विश्वकपमा नेपालले जित निकाल्न सकेको छैन ।

जारी प्रतियोगितामा इटालीले आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको हार बेहोरेको छ । त्यसैले दुवै टोलीका लागि आजको खेल ‘गर या मर’ जस्तै बनेको छ । सुपर ८ मा पुग्ने सम्भावना जीवित राख्न फराकिलो अन्तरको जित आवश्यक देखिन्छ । केवल जित मात्र पर्याप्त नहुने भएकाले अन्य टोलीको नतिजा पनि आफूअनुकूल आउनुपर्ने अवस्था छ ।

समूह ‘सी’मा हालसम्म नेपाल र इटाली मात्र जितविहीन छन् । अंकतालिकामा नेपाल चौथो तथा इटाली पाँचौँ स्थानमा छन् । लगातार दुई जितसहित ४ अंक बटुलेको वेस्ट इन्डिज शीर्ष स्थानमा रहँदा, एक जित र एक हार खेलेको स्कटल्यान्ड दोस्रो तथा इंग्ल्यान्ड तेस्रो स्थानमा छन् । समान २/२ अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड अगाडि रहेको हो ।

समूह चरणबाट शीर्ष दुई टोली मात्र सुपर ८ मा प्रवेश गर्ने प्रावधान छ । माघ २४ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु भएको यस प्रतियोगितामा नेपालसहित २० राष्ट्रको सहभागिता रहेको छ ।

आजको खेलले नेपालका लागि प्रतियोगिताको दिशा तय गर्ने भएकाले समर्थकहरूको ध्यान वानखेडे मैदानतर्फ केन्द्रित भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २९, बिहीबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP