मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मतदाता नामावली दर्ता अवधि मङ्सिर ५ सम्म थप

2.2K
SHARES
मतदाता नामावली दर्ता अवधि मङ्सिर ५ सम्म थप

काठमाडौं । पछिल्लो समय मतदाता नामावली दर्ता तथा अद्यावधिकमा देखिएको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै निर्वाचन आयोगले दर्ता अवधि मङ्सिर ५ सम्म थप गरेको छ । आयोगको शुक्रबारको निर्णयअनुसार नागरिकहरूको सहजता र सुविधा सुनिश्चित गर्न दर्ता अवधि बढाइएको हो ।

थप गरिएको अवधिमा राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा पहिलेबाट चालू रहेको प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता प्रक्रिया निरन्तर जारी छ ।

यसअघि गत असोज ९ गतेको निर्णयअनुसार दर्ता अवधि कात्तिक ३० गतेसम्म कायम गरिएको थियो । आज (कात्तिक २७) सम्म कुल २ लाख ५७ हजार ५०५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २८, शुक्रबार १४:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP