मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालमा पश्चिमी वायुको प्रभाव: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

2.3K
SHARES
नेपालमा पश्चिमी वायुको प्रभाव: केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रहँदा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना पनि छ ।

आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १८, मंगलवार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP