मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेनविरुद्ध युवा संघको साइबर ब्युरोमा उजुरी, ‘अश्लिल टिप्पणी’को आरोप

1.3K
SHARES
बालेनविरुद्ध युवा संघको साइबर ब्युरोमा उजुरी, ‘अश्लिल टिप्पणी’को आरोप

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ ।

राष्ट्रिय युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका प्रतिनिधिहरू बिहीबार साइबर ब्युरो पुगेका थिए । उनीहरूले जनप्रतिनिधिको हैसियतमा बसेर बालेनले सामाजिक सञ्जालमार्फत प्रयोग गरेको ‘अश्लिल र आपत्तिजनक’ भाषाका कारण राजनीतिक दल र छिमेकी राष्ट्रको अपमान भएको दाबी गर्दै कारबाहीको माग गरेका छन् ।

संघका नेताहरूका अनुसार, सार्वजनिक पदमा रहेर सामाजिक सञ्जालमा गैर–संवेदनशील अभिव्यक्ति दिनु न केवल अनैतिक, तर कानूनी दृष्टिले पनि आपत्तिजनक कार्य हो । “जनप्रतिनिधिले सार्वजनिक मर्यादाको ख्याल राख्नुपर्छ,” उपाध्यक्ष गुरुङले भने, “बालेनको अभिव्यक्ति नेपालको कूटनीतिक छविमाथि पनि प्रश्न उठाउने खालको थियो ।”

बालेन शाहले केही दिनअघि आफ्नो फेसबुक पेजमार्फत एक स्टाटस लेख्दै राजनीतिक दलहरू, अमेरिका, भारत र चीनप्रति अशिष्ट शब्दावली प्रयोग गर्दै आक्रोश पोखेका थिए । उनले उक्त पोस्ट केही समयपछि हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो ।

यसअघि पनि मेयर शाहले विभिन्न विवादास्पद अभिव्यक्तिका कारण राजनीतिक दल र सरकारी निकायबीच आलोचना खेप्दै आएका छन् । तर, बालेनले आफू सधैं ‘सत्ता र भ्रस्टाचारविरुद्धको आवाज’ बोल्ने व्यक्ति भएको दाबी गर्दै आएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २०, बिहीबार १०:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP