मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस–एमालेको कूशासनले जेनजी आन्दोलन जन्मियो : वर्षमान पुन

2.9K
SHARES
कांग्रेस–एमालेको कूशासनले जेनजी आन्दोलन जन्मियो : वर्षमान पुन

दाङ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ ले कांग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको परिणाम अहिले मुलुक र उनीहरू स्वयंले भोगिरहेको बताएका छन् । शनिबार दाङको लमहीमा आयोजित लुम्बिनी प्रदेशको पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले सुशासनका पक्षमा काम गरिरहेको प्रचण्ड नेतृत्वको सरकारलाई नियोजित रूपमा ढालिएको दावा गरे ।

पुनका अनुसार केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारले गलत काम गरिरहँदा आफूहरूले संसद् र सडकबाट निरन्तर खबरदारी गरे पनि नटेरेको र त्यसैको परिणामस्वरूप जेन–जी आन्दोलन जन्मिएको हो । उनले त्यतिबेला जनअसन्तुष्टि तीव्र हुँदै गएको चेतावनी आफूहरूले दिँदा पनि कांग्रेस र एमालेले सुन्न नचाहेको बताए । तर, उभिएको जनअसन्तुष्टिलाई नेतृत्व गर्न नसक्नु आफ्नो पक्षको कमजोरी भएको पुनले स्वीकार गरे ।

उनका अनुसार जेनजी पुस्ताले उठाएका सुशासनका एजेन्डालाई सम्बोधन गर्दै र लोकतान्त्रिक गणतन्त्र सुदृढ गरिनुपर्ने आवश्यकता महसुस गर्दै डेढ दर्जन कम्युनिस्ट घटकले एकता गरेका हुन् । युवालाई नेतृत्वमा ल्याउने शिक्षा जेनजी आन्दोलनले दिएको भन्दै उनले पार्टी सोही दिशामा अघि बढेको बताए ।

पुनले जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माणदेखि सडक र सदनको नेतृत्व गर्दै आएका प्रचण्ड र संसदीय मोर्चामा लामो अनुभव जुटाएका माधवकुमार नेपालको संयोजनमा बनेको ध्रुवीकरणले नेपाली कम्युनिस्ट पार्टीलाई मूलधारको कम्युनिस्ट शक्ति बनाउने दाबी गरे । आगामी फागुन २१ मा हुने मध्यावधि चुनावमा आफ्नो पार्टी पहिलो बन्नबाट कसैले रोक्न नसक्ने उनको दाबी थियो ।

उनी भन्छन्, एमाले अध्यक्ष केपी ओलीको स्वेच्छाचारी तथा व्यक्तिवादी प्रवृत्तिले विगतको कम्युनिस्ट एकता टिक्न नसकेको हो । ऐतिहासिक दुई–तिहाइको बहुमत जोगाउन नसक्दा लोकप्रियतावादी शक्तिहरू उदाए पनि अहिले नयाँ ऐतिहासिक जिम्मेवारी लिएर एकता गरिएको पुनको तर्क छ ।

त्यस्तै, घनश्याम भुसाल, जनार्दन शर्मा र नेत्रविक्रम चन्द ‘विप्लव’लाई पनि कम्युनिस्ट पार्टीको झण्डामुनि गोलबन्द हुन पुनको आग्रह छ । जनसमर्थन र संगठनविहीन क्रान्ति सफल नहुने स्पष्ट सन्देश दिँदै उनले विप्लवलाई वास्तविकतामा आउन आग्रह गरे । भुसालले प्रचण्ड र माधव नेपाललाई ‘वृद्ध’ भन्दै आलोचना गरेपछि ८० वर्ष पुगेका चन्द्रदेव जोशीसँग एकता गरेको भन्दै उनले व्यंग्य पनि गरे ।

पुनले जोड दिए, कम्युनिस्ट आन्दोलन धेरै चुल्होमा नभई एकताबद्ध भएर अघि बढ्नुपर्ने समय आएको छ, र यही कारण नयाँ प्रतिबद्धतासहित एकता गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १३, शनिबार १२:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP