मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली सेनाको अनुरोधः ‘झूटा र भ्रामक समाचारमा विश्वास नगर्नुहोस्’

1.6K
SHARES
नेपाली सेनाको अनुरोधः ‘झूटा र भ्रामक समाचारमा विश्वास नगर्नुहोस्’

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार भइरहेका सेनासम्बन्धी भ्रामक र झूटा समाचारप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत एक विज्ञप्ति जारी गर्दै सेनाले यस्ता सूचना र विश्लेषणमा नपर्न अनुरोध गरेको छ । सेनाले आफ्नो धारणा तथा गतिविधिहरू पारदर्शी ढंगले प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गर्दै आएको जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ,”वर्तमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न टीका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको देखिएको छ । तर नेपाली सेनाले यथार्थ सूचना आफ्नै आधिकारिक माध्यमबाट सार्वजनिक गर्दै आएको छ ।”

सेनाले आम नागरिकलाई गलत र भ्रामक सूचना नफैलाउन र नपत्याउन आग्रह गर्दै, आवश्यक परेमा सूचना प्राप्तिका लागि सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न सकिने उल्लेख गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २७, शुक्रबार ०४:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP