मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृह मन्त्रालयमा सहसचिव तहको सरुवा, ६ जिल्लामा नयाँ सीडीओ

3.2K
SHARES
गृह मन्त्रालयमा सहसचिव तहको सरुवा, ६ जिल्लामा नयाँ सीडीओ

 

काठमान्डु । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १३ जना सहसचिव तहका कर्मचारीको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा प्रक्रिया अघि बढाएका हुन् ।

निर्णयअनुसार केही दिनअघि विभिन्न मन्त्रालयबाट सरुवा भएर गृह मन्त्रालय आएका ७ जना सहसचिवमध्ये ६ जनालाई जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । मन्त्रालयका अनुसार प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले उनीहरूलाई सीडीओका रूपमा खटाइएको हो ।

यस्तै, सहसचिव शशिकुमार घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । मन्त्रालयले अनुभव र कार्यकुशलताका आधारमा जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ ।

सरुवासँगै जिल्लामा शान्ति–सुरक्षा, प्रशासनिक समन्वय र सेवाप्रवाहलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ११, शुक्रबार ११:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP