मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कैलाली जेलमा कैदीबीच हिंसात्मक झडप, एकको ज्यान गयो, ४८ घाइते

2.6K
SHARES
कैलाली जेलमा कैदीबीच हिंसात्मक झडप, एकको ज्यान गयो, ४८ घाइते

कैलाली । कैलाली जिल्ला कारागारमा कैदीबन्दीहरूबीच भएको हिंसात्मक झडपमा एक कैदीको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।

मृतकको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन । कारागार प्रशासनले परिवार तथा स्थानीय निकायसँग सम्पर्क गर्ने प्रयास भए पनि सफल नभएको जनाएको छ । घाइतेहरूलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ, जसमा पाँच जनालाई उपचारपछि फिर्ता पठाइसकिएको छ ।

निनित्त कारागार प्रशासक रामकुमार चौधरीका अनुसार कारागारमा ए, बी र महिला गरी तीन ब्लक रहेका छन् । यसपटकको झडप ए र बी ब्लकका कैदीबीच भएको हो ।

चौधरीका भनाइमा, टीकापुरको कर्तव्यज्यानसम्बन्धी एउटै मुद्दामा सजाय भोगिरहेका १८ जना कैदीलाई अन्यत्र स्थानान्तरणको तयारी भइरहेको थियो । स्थानान्तरण प्रक्रिया सुरु हुने क्रममा ‘नाइके’ र ‘भाइनाइके’ बन्ने विषयमा उनीहरूबीच वादविवाद चर्किँदै कुटाकुटमा परिणत भएको हो ।

कारागार स्रोतका अनुसार यसअघि पनि बिहीबार स्थानान्तरणसम्बन्धी विवाद हुँदा पाँच जना कैदी घाइते भएका थिए । हालको घटनाबारे विस्तृत छानबिन भइरहेको प्रशासनले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २४, शनिबार ०५:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP