मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सैनिक मुख्यालय अगाडि जेन जी युवाहरूबीच झडप

3.7K
SHARES
सैनिक मुख्यालय अगाडि जेन जी युवाहरूबीच झडप

काठमाडौं । अन्तरिम प्रधानमन्त्रीको नियुक्तिका लागि दबाब दिन भन्दै सैनिक मुख्यालय अगाडि भेला भएका जेन जी युवाहरूबीच भीषण झडप भएको छ । सैनिक मुख्यालयअगाडिको सडकमा दुई फरक विचार राख्ने समूहबीच कुटाकुट भएको हो ।

प्राप्त जानकारीअनुसार झडपका क्रममा गालीगलौज, धकेलाधकेल हुँदै हात हालाहालको स्थिति उत्पन्न भएको थियो ।

एक पक्षले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन नहुने भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । उनीहरूले कार्कीविरुद्ध नाराबाजी गर्दै प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।

उक्त प्रदर्शनको विपक्षमा अर्का समूह उभिएको थियो, जसमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र धरानका मेयर हर्क साम्पाङका समर्थक युवाहरूको उपस्थिति थियो ।

दुई पक्षबीचको मतभेद एकाएक झडपमा परिणत भएपछि स्थिति तनावपूर्ण बनेको हो ।

यस घटनाले जेन जी पुस्ता पनि राजनीतिक ध्रुवीकरणमा फसेको संकेत दिएको छ । अहिलेको संवैधानिक अन्योलबीच नेतृत्वको खोजीमा युवाहरूको प्रत्यक्ष संलग्नता सकारात्मक भए पनि हिंसात्मक रूप लिनु चिन्ताजनक विषय हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार ०९:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP