मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुपन्देही-३ उपनिर्वाचनका लागि रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार घोषित

2.9K
SHARES
रुपन्देही-३ उपनिर्वाचनका लागि रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार घोषित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कात्तिक १७ मा हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई आफ्नो उम्मेदवारका रूपमा चयन गरेको छ । पार्टीको आन्तरिक प्रक्रिया र प्राइमरी इलेक्सन सम्पन्न गरी थापाको नाम आज (आइतबार) औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

९ उम्मेदवारबीच प्रतिस्पर्धा, थापा निर्वाचित
रास्वपाबाट उम्मेदवार हुन इच्छुक ९ जनाले आवेदन दिएका थिए । तीमध्ये सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल थिए ।

प्रत्येक इच्छुक उम्मेदवारले २५ हजार रुपैयाँ शुल्क तिरेका थिए । उम्मेदवार छनोटका लागि पार्टी सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो ।

डा. थापाको शैक्षिक तथा पेशागत यात्रा
डा. थापा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरका स्थायी बासिन्दा हुन् । उनी वरिष्ठ न्युरोलोजिस्टका रूपमा परिचित छन् ।

शैक्षिक पृष्ठभूमिमा उनले एमबीबीएस पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट, एमडी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट र डीएम न्युरोलोजी कलेज अफ मेडिकल साइन्सेज, चितवनबाट गरेका छन् । साथै, उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’ पनि अध्ययन गरेका छन् ।

स्वास्थ्य क्षेत्रको सुधारमा उल्लेखनीय योगदान
डा. थापा नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष हुन् । उनकै नेतृत्वमा राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल निर्माण गरिएको थियो, जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएर कार्यान्वयनमा लगेको छ ।

स्वास्थ्य सेवा र समाजसेवामा करिब १७ वर्ष बिताइसकेका थापा पछिल्लो समय राजनीति मार्फत देशको समृद्धिमा योगदान गर्न इच्छुक भई रास्वपामा आबद्ध भएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १५, आईतवार १४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP