मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती कांग्रेसमा नेतृत्व परिवर्तन, लामाले गुमाए दलको नेतृत्त्व

3.9K
SHARES
बागमती कांग्रेसमा नेतृत्व परिवर्तन, लामाले गुमाए दलको नेतृत्त्व

हेटौंडा । बागमती प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्वमा ठूलो फेरबदल भएको छ । प्रदेशका मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामा अब दलको नेता रहन पाउने छैनन् ।

आज बसेको संसदीय दलको विशेष बैठकमा लामाविरुद्ध विश्वासको मत प्रस्ताव पारित भएको छ । केन्द्रीय सदस्य तथा पर्यवेक्षक राजन केसीको उपस्थितिमा सम्पन्न बैठकमा लामाको विपक्षमा २२ मत खसेका छन्, भने समर्थनमा १५ मात्र ।

विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउँदा २१ जना सांसदले औपचारिक रूपमा प्रस्तावमा हस्ताक्षर गरेका थिए । तर अन्तिम मत विभाजनमा एक सांसद थपिएर कुल २२ जनाको समर्थनमा निर्णय पारित भयो ।

यस घटनासँगै बागमती कांग्रेस संसदीय दलको नेताका लागि नयाँ प्रतिस्पर्धा सुरु भएको छ । इन्द्र बानियाँ अब प्रमुख दाबेदारको रूपमा अघि आएका छन् । नयाँ नेता चयन गर्न अब गोप्य मतदानको प्रक्रिया अघि बढाइनेछ ।

दलको नेतामा परिवर्तनले प्रदेशको राजनीतिक समिकरणमा नयाँ तरंग ल्याउने निश्चित देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार १०:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP