मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

न्यायाधीशहरूको सरुवा र काज खटाउन न्याय परिषद्को सिफारिस

39
SHARES
न्यायाधीशहरूको सरुवा र काज खटाउन न्याय परिषद्को सिफारिस

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरूको सरुवा, काज तथा नवनियुक्त न्यायाधीशहरूको पदस्थापनका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका तीन जना न्यायाधीशलाई सरुवा गर्न तथा चार जनालाई काजमा अन्यत्र खटाउन सिफारिस गरेको हो ।

सिफारिसअनुसार उच्च अदालत विराटनगरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, उच्च अदालत जनकपुरका मुरारीबाबु श्रेष्ठलाई इलाम इजलास र वीरगन्ज इजलासका रितेन्द्र थापालाई नेपालगन्ज इजलासमा सरुवा गर्न सिफारिस गरिएको छ ।

परिषद्ले अन्य चार न्यायाधीशलाई काजमा खटाउन पनि सिफारिस गरेको छ । इलाम इजलासका नातिबाबु लामिछानेलाई उच्च अदालत पाटन, वीरगन्ज इजलासका गोकर्ण डाँगीलाई सर्वोच्च अदालत तथा नेपालगन्ज इजलासकी सकुन्तला घिमिरेलाई जुम्ला इजलासमा काजमा खटाउन प्रस्ताव गरिएको छ ।

त्यसैगरी, वीरगन्ज इजलासका अर्जुन अधिकारीलाई सर्वोच्च अदालतमा काजमा पठाउन सिफारिस गरिएको छ ।

बैठकले नवनियुक्त तीन जना न्यायाधीशको पदस्थापनका लागि समेत सिफारिस गरेको छ । जसअनुसार भद्रकाली पोखरेललाई उच्च अदालत सुर्खेत, हिमलाल बेल्बासेलाई उच्च अदालत जनकपुर र गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत विराटनगरमा पदस्थापन गर्न सिफारिस गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३०, मंगलवार ०७:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP