मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपा उम्मेदवार थापाले डिभोर्सको प्रमाण सार्वजनिक गरे

1.4K
SHARES
रास्वपा उम्मेदवार थापाले डिभोर्सको प्रमाण सार्वजनिक गरे

रास्वपा उम्मेदवार थापाले डिभोर्सको प्रमाण सार्वजनिक गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. लेखजङ्ग थापाले रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनअघि आफ्नो डिभोर्स प्रमाण सार्वजनिक गरेका छन् ।

थापाले प्रमाण पार्टीभित्र नभई सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गरेका हुन् । उनले जिल्ला अदालत रुपन्देहीमा भएको डिभोर्सको कागज सार्वजनिक गर्दै भनेका छन्, “म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ । त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा ठूलो राजनीतिक सुनामी आउँदैछ भन्ने रुपन्देहीले सुनाउँदै छ ।”

त्यसक्रममा उनले प्रिइलेक्शनमा प्रतिस्पर्धामा रहेका अन्य आठ जनालाई समेत सम्बोधन गरे । “कसले भन्यो रुपन्देही–३ को उम्मेदवार म मात्रै हुँ भनेर ? रुपन्देही–३ का उम्मेदवार त पुनम, जेबी, रचना, सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम र यो देशलाई माया गर्ने प्रत्येक नेपाली हुन्,” उनले भने ।

थापाले हालै नक्खु कारागारमा भएको सभापतिको भेटलाई स्मरण गर्दै आफूले सुनेका सन्देशलाई पनि जोड दिएका थिए ।

अन्तमा उनले भनेका छन्, “नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ‌ । तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत ,स्वीकार र पालना गर्नेछु ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १७, मंगलवार ०४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP