मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तालिमकै क्रममा सशस्त्रका सात जवान बेहोस

390
SHARES
तालिमकै क्रममा सशस्त्रका सात जवान बेहोस

काठमाडौं । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल अन्तर्गतको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा शुक्रबार बिहान तालिमका क्रममा ७ जना सशस्त्र प्रहरी जवान अचानक बेहोस भएका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आधारभूत तालिम लिइरहेका प्रशिक्षार्थीहरू नियमित अभ्यासका क्रममा अचानक अस्वस्थ बनेका हुन् । बेहोस भएका मध्ये ५ जनाको अवस्था गम्भीर देखिएपछि तत्काल थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको उनले जानकारी दिए ।

अन्य २ जना जवानको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्तरमै उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । प्रारम्भिक रूपमा अत्यधिक गर्मी, शारीरिक थकान वा स्वास्थ्य समस्याका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि वास्तविक कारणबारे चिकित्सकीय परीक्षणपछि मात्रै पुष्टि हुने अधिकारीहरूले बताएका छन् ।

घटनापछि शिक्षालय परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । तालिममा सहभागी अन्य जवानलाई समेत स्वास्थ्य अवस्थाबारे निगरानीमा राखिएको छ ।

सशस्त्र प्रहरी बलले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ८, शुक्रबार ०७:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP