मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रियसभा बैठक: राष्ट्रपति कार्यालयको पत्रदेखि विभिन्न प्रस्तावसम्म कार्यसूचीमा

52
SHARES
राष्ट्रियसभा बैठक: राष्ट्रपति कार्यालयको पत्रदेखि विभिन्न प्रस्तावसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराइनेछ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रमसमेत रहेको छ ।

त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगका आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस गर्ने कार्यसूची छ ।

यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २, शुक्रबार ००:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP