मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेश प्रदेशको मुख्यमन्त्री बने कांग्रेस नेता कृष्णप्रसाद यादव

2.2K
SHARES
मधेश प्रदेशको मुख्यमन्त्री बने कांग्रेस नेता कृष्णप्रसाद यादव

काठमान्डु । मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नवनियुक्त मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शुक्रबार यादवलाई औपचारिक रूपमा पदमा नियुक्त गरेका हुन् ।

यसअघि सात दलको गठबन्धनले ७७ प्रदेशसभा सदस्यहरूको समर्थनसहित यादवलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको थियो । यादवलाई जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका छन् ।

पदबहालीपछि यादवले आफू प्रदेशको पाँचौँ मुख्यमन्त्री भएको उल्लेख गर्दै, अगाडि बढ्दा राम्रो कामको निरन्तरता र कमजोरी सुधार्ने प्रतिबद्धता व्यक्त गरे । हालसम्मका राजनीतिक गतिविधिले जनतामा उत्पन्न निराशा हटाउनेतर्फ नयाँ सरकारले ध्यान दिने उनले बताए ।

पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि सर्वोच्च अदालतको परमादेशअनुसार संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठन प्रक्रिया अघि बढाइएको थियो ।

अब मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १९, शुक्रबार १२:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP