मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लालपुर्जा नपाउन्जेल सुकुम्बासीलाई मासिक १५ हजार दिने सरकारी योजना

793
SHARES
लालपुर्जा नपाउन्जेल सुकुम्बासीलाई मासिक १५ हजार दिने सरकारी योजना

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति मा सरकारले वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारलाई स्थायी व्यवस्थापन नभएसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको जानकारी दिएको छ । बिहीबार बसेको समितिको बैठकमा सरकारी प्रतिनिधिहरूले अस्थायी आवास व्यवस्थापन सम्बन्धी योजना प्रस्तुत गरेका हुन् ।

समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय का मन्त्री तथा पदाधिकारीहरूले हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै भूमिहीनको पहिचान प्रक्रिया तीव्र बनाइएको बताएका छन् ।

सरकारले हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएका भूमिहीन तथा विस्थापित परिवारको ‘स्क्रिनिङ’ गरिरहेको जनाएको छ । सो प्रक्रिया सम्पन्न भएपछि वास्तविक सुकुम्बासीको पहिचान गरी द्रुत प्रक्रियामार्फत जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने लक्ष्य राखिएको जानकारी बैठकमा दिइएको थियो ।

सरकारी पक्षले लालपुर्जा वितरण प्रक्रिया पूरा नहुँदासम्म परिवारहरूलाई वैकल्पिक बसोबासका लागि मासिक भाडा सहयोग उपलब्ध गराइने र त्यसका लागि आवश्यक बजेट तथा स्रोत सुनिश्चित भइसकेको दाबी गरेको छ ।

बैठकमा होल्डिङ सेन्टरमा बसिरहेका परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिन विद्यालय बसको व्यवस्था गरिएको तथा सुत्केरी महिलाका लागि पोषण र स्वास्थ्यसम्बन्धी विशेष व्यवस्था मिलाइएको जानकारी पनि गराइएको थियो ।

सभापति ढकालले सरकारले प्रस्तुत गरेको विवरणलाई व्यवहारमा कत्तिको प्रभावकारी रूपमा लागू गरिएको छ भन्ने बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको बताए । समितिले होल्डिङ सेन्टरको अवस्था, सेवा सुविधा र पुनर्स्थापनाको प्रगतिबारे प्रत्यक्ष अध्ययन गर्ने तयारी गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ३१, बिहीबार ०७:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP