मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल प्रहरीमा प्राविधिक पदमा भर्ना खुला, चैत २५ देखि आवेदन

1.3K
SHARES
नेपाल प्रहरीमा प्राविधिक पदमा भर्ना खुला, चैत २५ देखि आवेदन

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत ठूलो संख्यामा जनशक्ति भर्नाका लागि आवेदन आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै विभिन्न प्राविधिक उपसमूहका रिक्त पदहरू खुला प्रतिस्पर्धाबाट समावेशी प्रावधानअनुसार पूर्ति गर्न लागिएको जनाएको हो ।

जारी सूचनाअनुसार सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला तथा प्रहरी अस्पतालसहित विभिन्न निकायका लागि कुल ६०७ पदमा नयाँ भर्ना गरिनेछ ।

भर्ना खुला गरिएका पदहरूमा प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक समावेश छन् । यी पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस्तै, प्राविधिक प्रहरी जवान पदका लागि भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म दरखास्त दिन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

नेपाल प्रहरीले सूचना प्रविधि, सञ्चार, पूर्वाधार, सवारी, फरेन्सिक र स्वास्थ्य सेवाजस्ता प्राविधिक क्षेत्रलाई सुदृढ बनाउन यो भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २०, शुक्रबार ०४:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP