मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुलिङ पिरियड विवादः रामहरि खतिवडाले सभापति पद छाडे

2.9K
SHARES
कुलिङ पिरियड विवादः रामहरि खतिवडाले सभापति पद छाडे

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनले संसद बैठकमा सम्बोधन गर्दै, संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी विवादमा जिम्मेवारी स्वीकार्दै पद त्यागको घोषणा गरे ।

“विधेयकमा मेरो हस्ताक्षर रहेकोले म जिम्मेवारी लिन चाहन्छु,” खतिवडाले भने । हालै उक्त विधेयकमा दुई वर्षे कुलिङ पिरियडको प्रावधानलाई कमजोर पार्ने भाषा समावेश भएपछि तीव्र आलोचना भएको थियो ।

छानबिनका लागि गठन भएको विशेष समितिले २७ दिनको अध्ययनपछि साउन २० गते सार्वजनिक गरेको प्रतिवेदनमा खतिवडासहित केही व्यक्तिलाई जिम्मेवार ठहर गरेको थियो ।

आजको बैठक सुरु हुनु अघि उनले सभामुख देवराज घिमिरे र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग भेट गरेका थिए ।

खतिवडाले भने, “त्रुटि बाहिर आएको दिनमै मैले गाडी लगायतका सुविधा फिर्ता गरेको थिएँ । सुरु देखिनै म दुई वर्षे कुलिङ पिरियडको पक्षमा थिएँ, समितिले पनि सोही अडान लियो । प्रतिवेदन लेख्ने क्रममा त्रुटि देखापर्‍यो, जुन म र समितिबाट भएको होइन ।”

उनले विधेयकमाथि विशेष श्रेणीका कर्मचारीले प्रभाव जमाएको दाबी पनि गरे।

छानबिन समितिले आफूलाई दोषी ठहर नगरेको स्पष्ट गर्दै उनले थपे, “रामहरि खतिवडा दोषी भनेर प्रतिवेदनमा लेखिएको छैन, तर मैले पदभन्दा प्रश्नलाई माथि राखेको छु। आज म हाँसीहाँसी सभापति पदबाट अलग हुँदैछु ।”



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ११:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP