मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी, लुम्बिनी लायन्स ७ विकेटले पराजित

1.4K
SHARES
सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी, लुम्बिनी लायन्स ७ विकेटले पराजित

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

अघिल्ला तीन खेलमा कर्णाली याक्स, पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजलाई पराजित गरिसकेको सुदूरपश्चिमले चौथो जितसँगै १०० प्रतिशत विजयी प्रदर्शन निरन्तरता दिएको हो । यस सिजनमा सबै खेल जित्ने एकमात्र टिमको रूपमा सुदुरपश्चिमले आफ्नो दाबी झनै सुदृढ पारेको छ ।

लुम्बिनी लायन्सका लागि भने यो तेस्रो हार हो । यसअघि काठमान्डु र चितवन राइनोज विरुद्ध जीत निकालेको लुम्बिनीले प्रदर्शनमा निरन्तरता दिन सकेन ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर २ बलमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितका प्रमुख नायक ओपनर बिनोद भण्डारी रहे । ५ चौका र ४ छक्कासहित ४९ बलमा अविजित ६९ रन प्रहार गरेका उनले टोलीलाई सहज जित दिलाए । यससँगै यस सिजनमा उनको १२औं अर्धशतक समेत पूरा भयो ।

ओपनर जोश ब्राउन बिग्रिएको लयमा देखिए पनि (९ रन), दोस्रो विकेटका लागि क्रिस लिनले आक्रामक १६ रन जोडे । तर तेस्रो विकेटको साझेदारी सुदूरपश्चिमका लागि खेल नै निर्णायक बन्यो । बिनोद भण्डारी र आरिफ शेखबीच ९९ रनको ठोस साझेदारीले लुम्बिनीका बलरहरूलाई दवाबमा राख्यो । आरिफले ३७ बलमा ४ चौका र १ छक्कासहित ३९ रन योगदान दिए ।

तेस्रो विकेट पाउन लुम्बिनीले १३ ओभरभन्दा बढी पर्खिनु परेको थियो, तर तबसम्म खेल सुदूरपश्चिमको नियन्त्रणमै पुगिसकेको थियो ।

सुदूरपश्चिम रोयल्सले यसअघि देखाएको प्रदर्शनलाई अझै मजबुत बनाउँदै प्लेअफ प्रवेशतर्फ ठूला कदम चालेको छ भने लुम्बिनी लायन्सले लगातार हारपछि पुनः लय समात्नुपर्ने चुनौती सामना गर्नुपर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ११, बिहीबार ०९:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP