मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गगन थापा नेतृत्वलाई वैधानिकता, कांग्रेसभित्रको विवाद टुंगियो

26
SHARES
गगन थापा नेतृत्वलाई वैधानिकता, कांग्रेसभित्रको विवाद टुंगियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आन्तरिक विवादमा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । तत्कालीन सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिट खारेज गर्दै अदालतले थापा नेतृत्वलाई वैधानिकता दिएको हो ।

यस निर्णयसँगै कांग्रेसभित्र देखिएको पछिल्लो कानुनी विवाद औपचारिक रूपमा अन्त्य भएको छ । अदालतले पार्टीको विधान, निर्वाचन आयोगको भूमिका र आमनिर्वाचनको वास्तविक अभ्यासलाई आधार मानेर यस्तो निष्कर्ष निकालेको जनाएको छ ।

फैसलाका प्रमुख आधारहरू
पहिलो, पार्टी विधानको पालना नगरेको विषयलाई अदालतले गम्भीर रूपमा लिएको छ । विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत प्रतिनिधिको माग आएमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ । थापा पक्षले समयमै यस्तो माग गरे पनि तत्कालीन नेतृत्वले त्यसलाई बेवास्ता गरेको ठहर सर्वोच्चको छ । अदालतका अनुसार नेतृत्वले आफ्नो दायित्व पूरा नगरेको अवस्थामा सम्पन्न विशेष महाधिवेशनलाई अवैध भन्न मिल्दैन ।

दोस्रो, निर्वाचन आयोगको प्रक्रियामा कुनै त्रुटि नदेखिएको अदालतले स्पष्ट पारेको छ । आयोगले कानुनअनुसार पदाधिकारी परिवर्तनको विवरण अद्यावधिक गरेको भन्दै देउवा पक्षको आरोप अस्वीकार गरिएको छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले आयोगलाई यस्तो अधिकार दिएको र उक्त निर्णय अन्तिम हुने अदालतले उल्लेख गरेको छ ।

तेस्रो, आमनिर्वाचनको परिणामलाई पनि वैधानिकताको महत्वपूर्ण आधार मानिएको छ । हालै सम्पन्न निर्वाचनमा गगन थापाको हस्ताक्षरबाट उम्मेदवारहरू सहभागी भएको र परिणामसमेत आइसकेको सन्दर्भमा पुरानो नेतृत्वको दाबी कायम राख्नु व्यावहारिक नहुने अदालतको भनाइ छ ।

अदालतको निष्कर्षमा नयाँ नेतृत्वको कार्यान्वयन भइसकेको अवस्था देखिएकाले पुरानो समितिको दाबीको औचित्य समाप्त भएको उल्लेख गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ५, शनिबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP