मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालका युवालाई लक्षित गरी चिनियाँ ‘युथ पायोनियर’ कार्यक्रम

1.1K
SHARES
नेपालका युवालाई लक्षित गरी चिनियाँ ‘युथ पायोनियर’ कार्यक्रम

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली युवालाई लक्षित गर्दै ‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम (सिएनवाईपि)’ सञ्चालन गर्ने घोषणा गरेको छ । कार्यक्रममार्फत नेतृत्व विकास, सामाजिक–आर्थिक रूपान्तरणमा युवाको भूमिका विस्तार र चीन–नेपालबीचको सहकार्य सुदृढ गर्ने लक्ष्य राखिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कार्यक्रममा सहभागी हुने युवालाई नेतृत्व सम्बन्धी तालिम, नीति तथा सामाजिक मुद्दामा छलफल, कार्यशाला र अध्ययन भ्रमणमा सहभागी गराइनेछ । उत्कृष्ट सहभागीहरूलाई चीन भ्रमणको अवसरसमेत प्रदान गरिनेछ । साथै विभिन्न क्षेत्रका विज्ञ, कूटनीतिज्ञ र उद्यमीसँग अन्तरक्रिया गर्ने अवसर पनि कार्यक्रमको हिस्सा हुनेछ ।

यो कार्यक्रममार्फत ‘रूपान्तरणकारी सोच’ भएका युवाको सञ्जाल निर्माण गर्ने लक्ष्य लिइएको छ । छनोट भएका सहभागीहरू एक वर्षसम्म विभिन्न तालिम, गतिविधि र नेटवर्किङ कार्यक्रममा संलग्न रहनेछन् । कार्यक्रम सम्पन्न भएपछि उनीहरू ‘अल्मुनाइ’ सञ्जालमा आबद्ध भई निरन्तर सहकार्य र अवसर प्राप्त गर्न सक्नेछन् ।

आवेदन प्रक्रिया
कार्यक्रममा सहभागी हुन २२ देखि ३४ वर्ष उमेर समूहका नेपाली युवा पेशाकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन फारम अंग्रेजीमा भरेर cnypnepal@163.com मार्फत पठाउनुपर्नेछ । आवेदन दिने अन्तिम मिति सन् २०२६ मे १७ ९२०८३ जेठ ३० तोकिएको छ ।

प्राप्त आवेदनमध्ये कार्यक्रमको उद्देश्यसँगको सान्दर्भिकताका आधारमा मूल्यांकन गरी १० देखि २० जना उम्मेदवार छनोट गरिने दूतावासले जनाएको छ ।

सफ्ट पावर प्रतिस्पर्धाको संकेत
विश्लेषकहरूका अनुसार चीन र अमेरिका जस्ता शक्ति राष्ट्रहरूले सञ्चालन गर्ने यस्ता युवा कार्यक्रमहरू केवल नेतृत्व विकासमा सीमित नभई ‘सफ्ट पावर कूटनीति’को महत्वपूर्ण माध्यम पनि हुन् ।

नेपालमा यस्ता कार्यक्रमहरूले युवालाई अन्तर्राष्ट्रिय अनुभव, नेटवर्क विस्तार र नीतिगत क्षमता विकासमा सहयोग पुर्‍याए पनि दीर्घकालीन कूटनीतिक प्रभावबारे बहस जारी छ । चीनको सिएनवाईपि जस्तै अमेरिकी नेतृत्व विकास कार्यक्रमहरू पनि सञ्चालनमा रहेकाले नेपालका युवाबीच पहुँच विस्तार गर्न दुवै देशबीच प्रतिस्पर्धा देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ५, शनिबार ०८:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP