मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए राजीनामा

1.5K
SHARES
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्न कठिन भएको भन्दै राजीनामा दिने निर्णय गरेका हुन् ।

फेसबुकमा आफ्नो निर्णयको जानकारी दिँदै मन्त्री पौडेलले भनेका छन्, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु ।”

उनी निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको रगतको साक्षी बन्न नसकेको र राज्यको व्यवहारको मुकदर्शक बन्न नसकेको उल्लेख गरेका छन् ।

मन्त्री पौडेलले लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनु आवश्यक भएको बताउँदै असहमतिलाई बलजफ्ती फौजी शक्तिले नभई संवादमार्फत सम्बोधन गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, “आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो । यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्र देश अघि बढ्न सक्छ । उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो ।”

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् भने कांग्रेस नेता शेखर कोइरालाले आफ्ना निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP