मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

४० दिनमै विपद्को कहर: ७० जनाको मृत्यु, हजारौं परिवार प्रभावित

923
SHARES
४० दिनमै विपद्को कहर: ७० जनाको मृत्यु, हजारौं परिवार प्रभावित

काठमाडौं । २०८३ वैशाखयता विभिन्न प्रकारका विपद्जन्य घटनामा परेर नेपालमा ७० जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो ४० दिनमा देशभर १ हजार ३४२ वटा विपद्का घटना दर्ता भएका छन् भने ती घटनामा ३३३ जना घाइते भएका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी लेक लागेर १६ जनाको मृत्यु भएको छ । त्यसपछि चट्याङका कारण १४ जना र आगलागीमा ११ जनाले ज्यान गुमाएका छन् । मौसम परिवर्तनसँगै जोखिम बढ्दै जाँदा विभिन्न जिल्लामा प्राकृतिक विपद्का घटना निरन्तर बढिरहेका छन् ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार हुरीका कारण नौ जनाले ज्यान गुमाएका छन् भने जनावरको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ । यस्तै, सर्पदंशबाट पाँच, पहिरोमा पुरिएर दुई, डुङ्गा पल्टिँदा दुई तथा वन डढेलो, बाढी र हिमपहिरोमा परेर एक–एक जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।

विपद्का घटनाबाट देशभर १ हजार ६२१ परिवार प्रभावित भएका छन् । घर, पशुचौपाया, खेतीपाती तथा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ । विशेषगरी ग्रामीण तथा पहाडी क्षेत्रमा विपद्को असर बढी देखिएको छ ।

घटनाको संख्याका आधारमा भने आगलागी सबैभन्दा बढी देखिएको छ । पछिल्लो ४० दिनमा मात्रै ४८८ वटा आगलागीका घटना भएका छन् । त्यसपछि हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना दर्ता भएका छन् ।

पछिल्लो २४ घण्टाभित्र मात्रै ३२ वटा विपद्जन्य घटना भएको प्राधिकरणले जनाएको छ । ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । यस अवधिमा १७ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

देशभर मनसुन भित्रिने चरण सुरु भएसँगै बाढी, पहिरो र डुबानको जोखिम थप बढेको छ । तराई क्षेत्रमा तातो हावाको लहर जारी रहँदा पहाडी तथा हिमाली जिल्लामा वर्षासँगै पहिरो र बाढीको खतरा बढिरहेको छ । शनिबार विभिन्न जिल्लामा आएको बाढीले जनजीवन प्रभावित बनाएको छ भने नदी आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १०, आईतवार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP