मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

728
SHARES
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग र बागमती प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ । अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानहरूमा तथा अन्य पहाडी र हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा र अन्य हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १२, बिहीबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP