मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एआईजी दाहालमाथि कारबाही गर्न छानबिन समितिको सिफारिस

377
SHARES
एआईजी दाहालमाथि कारबाही गर्न छानबिन समितिको सिफारिस

काठमाडौं । गम्भीर सूचना चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि कारबाही गर्न सिफारिस गरिएको छ ।

एआईजी अन्जनीकुमार पोखरेलको नेतृत्वमा गठित एक सदस्यीय छानबिन समितिले दाहालमाथि कारबाही गर्न गृहमन्त्री सुधन गुरुङसमक्ष सिफारिस गरेको हो । समितिले छानबिन पूरा गरी तयार पारेको प्रतिवेदनमार्फत सशस्त्र प्रहरी नियमावलीको दफा ११३ अनुसार कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिएको छ ।

संवेदनशील तथा गोप्य सूचना चुहाएको आरोप लागेपछि दाहाललाई निलम्बन गरिएको थियो । सोही प्रकरणको वास्तविकता पत्ता लगाउन र घटनामा उनको संलग्नताबारे छानबिन गर्न समिति गठन गरिएको थियो ।

समितिले छानबिनका क्रममा प्राप्त विवरण तथा तथ्यहरूको अध्ययनपछि प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा नियमावलीको व्यवस्थाअनुसार दाहालमाथि कारबाही गर्न सिफारिस गरिएको जनाइएको छ ।

प्रतिवेदन गृहमन्त्रीसमक्ष पेस भएसँगै अब दाहालमाथि केकस्तो कारबाही हुने भन्ने विषय गृह मन्त्रालयको निर्णयमा निर्भर रहनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २३, शुक्रबार ०५:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP