मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसभित्रको विवादका कारण मुख्यमन्त्री बानियाको विश्वासको मत स्थगित गर्ने प्रस्ताव

2.1K
SHARES
कांग्रेसभित्रको विवादका कारण मुख्यमन्त्री बानियाको विश्वासको मत स्थगित गर्ने प्रस्ताव

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको विश्वासको मत प्रस्ताव केही दिनका लागि सार्न कांग्रेसभित्रको असन्तुष्ट पक्षले पहल गरेको छ । बहादुरसिंह लामा नेतृत्वको समूहले आन्तरिक विवाद समाधान नगरी विश्वासको मत अघि नबढाउन आग्रह गरेको हो ।

लामा पक्षका अनुसार, आफ्ना अडानहरू यथावत् रहेकाले तत्काल समर्थन सम्भव छैन । उनीहरूले पूर्व सहमति कार्यान्वयन (जसअनुसार तीन मन्त्रीको नियुक्ति र शपथ गरिनुपर्ने) माग दोहोर्याएका छन् । माग पूरा नभएसम्म विश्वासको मत नदिने र सामयिक राजीनामासम्मको रणनीति अपनाउने चेतावनी पनि दिइएको छ ।

पार्टी निर्देशन र असन्तुष्टि
लामाले पार्टीको निर्देशनअनुसार चल्न आफू तयार भए पनि आफ्ना समूहका सांसदहरू अपमानित महसुस गरिरहेका कारण विश्वासको मत प्रस्ताव स्थगित गर्नुपर्ने बताएका छन् । उनका अनुसार, सभापति शेरबहादुर देउवाले विवाद समाधान गर्ने आश्वासन दिएका छन्, तर साथीहरू तत्काल सहमत हुन तयार छैनन् ।

“हामीले विषय राखिसकेका छौँ । सभापतिले मिलाउने आश्वासन दिनुभएको छ, तर साथीहरूलाई अपमान भएको अनुभव छ,” लामाले भने, “त्यसैले केही दिन पर सार्न प्रस्ताव गरेका हौँ ।”

शक्ति सन्तुलन
मुख्यमन्त्री बानियाले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कार्यसूची बनाएका छन् । उनी गत साउन २० गते कांग्रेस–एमाले गठबन्धनबाट ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर कांग्रेसभित्रको किचलोका कारण १४ सांसद लामापक्षमा उभिएका छन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा दलहरूको अवस्था कांग्रेस (३७), एमाले (२७), माओवादी केन्द्र (२१), राप्रपा (१३), एकीकृत समाजवादी (७), नेमकिपा (३) र हाम्रो नेपाली पार्टी (२) छ ।

लामा पक्षको असहमतिको कारण बानियाको विश्वासको मत सुरक्षित गर्न सत्तापक्षलाई चुनौती थपिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ०४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP