मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीनका पूर्व कृषिमन्त्रीलाई घुसकाण्डमा मृत्युदण्ड

1.8K
SHARES
चीनका पूर्व कृषिमन्त्रीलाई घुसकाण्डमा मृत्युदण्ड

काठमाडौं । चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई आइतबार घुस प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न सरकारी पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी बराबरको नगद र सम्पत्ति घुसका रूपमा संकलन गरेका थिए ।

अदालतले उनलाई तत्काल कार्यान्वयन हुने नभई दुई वर्षको स्थगनसहित मृत्युदण्ड दिएको छ । फैसलासँगै ताङका सम्पूर्ण सम्पत्ति जफत गर्ने र भ्रष्टाचारमार्फत आर्जित धनराशी राष्ट्रकोषमा जम्मा गर्ने आदेश दिइएको छ । साथै, उनका राजनीतिक अधिकार पनि खोसिएका छन् ।

अदालतले यो प्रकरणले राज्य र जनताको हितमा गम्भीर क्षति पुर्‍याएको बताउँदै कडा सजाय उचित ठहर गरेको हो । ताङले आफू दोषी रहेको स्वीकार गरिसकेका छन् र पश्चाताप व्यक्त गरेका छन् ।

यो कारबाही राष्ट्रपति सी जिनपिङले अघि बढाइरहेको भ्रष्टाचारविरोधी अभियानको निरन्तरता मानिएको छ । यस अभियानअन्तर्गत उच्चपदस्थ अधिकारीहरूलाई दण्डित गर्ने क्रम जारी छ । समर्थकहरूले यसलाई स्वच्छ शासनतर्फको कदम भनेका छन्, जबकि आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वी हटाउने उपकरणको रूपमा व्याख्या गरेका छन् ।

ताङले यसअघि गान्सु प्रान्तका गभर्नर र ग्वाङ्सी स्वायत्त क्षेत्रका उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका थिए । उनीमाथि कारबाही भएपछि अब पूर्व रक्षा मन्त्रीहरू ली शाङफु र वेई फेङहेलाई समेत अनुसन्धानको दायरामा ल्याइएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार ०७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP