मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चापीय प्रभाव: देशभर वर्षा, असिना र चट्याङ

1.2K
SHARES
पश्चिमी न्यून चापीय प्रभाव: देशभर वर्षा, असिना र चट्याङ

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका पूर्वदेखि पश्चिमसम्मका धेरै जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रमा वर्षा बढी भएको छ भने केही स्थानमा असिनासमेत परेको छ ।

काठमाडौंको जरसिंहपौवा र नुवाकोटको ककनीलगायतका क्षेत्रमा असिना परेको जानकारी प्राप्त भएको छ । विभागले साँझ सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा सङ्खुवासभामा ३६.८ मिलिमिटर मापन गरिएको छ । त्यसैगरी सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ ।

अन्य जिल्लामध्ये ताप्लेजुङमा २४ मिलिमिटर, पर्वतमा २०.६ मिलिमिटर, रोल्पामा २०.८ मिलिमिटर, गोरखामा १३ मिलिमिटर, प्यूठानमा १३.८ मिलिमिटर, ललितपुरमा १३.२ मिलिमिटर, नुवाकोटमा ११ मिलिमिटर, म्याग्दीमा १०.६ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा २.६, भक्तपुरमा ३.४ र दोलखामा ८.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ । अन्य धेरै जिल्लामा भने १० मिलिमिटरभन्दा कम वर्षा भएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार भोलि पनि देशका विभिन्न स्थानमा मौसम बदली रहने सम्भावना छ । तराईका केही स्थानमा बिहान हुस्सु लाग्नेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भू(भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १२, मंगलवार १५:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP