मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भण्डारीको जोडः ‘समृद्धि सबै नेपालीका लागि हो, मुठ्ठीभरका लागि होइन’

3.3K
SHARES
भण्डारीको जोडः ‘समृद्धि सबै नेपालीका लागि हो, मुठ्ठीभरका लागि होइन’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धिको यात्रा मुठ्ठीभर मानिसका लागि मात्र सिमित हुनु नहुने स्पष्ट पारेकी छन् । नेपाल खबरद्वारा आयोजित ‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रुपमा बोल्दै उनले समृद्धि आम जनताको जीवनमा महसुस हुने गरी हुनुपर्नेमा जोड दिइन् ।

‘समृद्धि केबल केही व्यक्ति वा समूहको स्वार्थमा सीमित भए त्यो दीगो हुँदैन,’ उनले भनिन्, ‘यसले समग्र समाजलाई समेट्नु पर्छ ।’

पूर्वराष्ट्रपतिले राजनीतिक स्थायित्वलाई आर्थिक प्रगतिको पूर्वशर्तका रूपमा औंल्याउँदै त्यसमार्फत मात्र स्वदेश तथा विदेशबाट लगानी भित्र्याउन सकिने धारणा राखिन् । लगानीबाट सिर्जना हुने रोजगारी, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय दायित्व सँगसँगै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

‘पुँजी भित्र्याउनु केवल मुनाफाको लागि मात्र होइन,’ उनले भनिन्, ‘यो न्याय, विश्वास र सम्भावनाको नयाँ ढोका खोल्ने अवसर पनि हो ।’

भण्डारीका अनुसार राजनीतिक नेतृत्वले विधिको शासन, नीतिगत स्पष्टता र पारदर्शी प्रशासन सुनिश्चित गर्नुपर्नेछ, जसबाट लगानीमैत्री वातावरण तयार हुन्छ।

उनले नेपालले अरू देशको विकास मोडेल अन्धानुकरण गर्नुभन्दा आफ्नै सामाजिक, आर्थिक र भौगोलिक यथार्थका आधारमा समृद्धिको मार्ग कोर्नुपर्नेमा जोड दिइन् । कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरण गरेर आयात प्रतिस्थापन गर्नुपर्ने धारणा पनि उनले दोहोर्याइन् ।

‘नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको युगमा प्रवेश गर्दैछ,’ उनले भनिन्, ‘यहाँ लगानी गर्नु केवल आर्थिक फाइदाको कुरा होइन, यो परिवर्तनको साझेदार बन्ने अवसर हो ।’

पूर्वराष्ट्रपतिले समृद्धिलाई अब केवल नारा होइन, सबै नेपालीको साझा सङ्कल्पको विषय बनाउनु पर्ने आवश्यकता औंल्याइन् । उनले आर्थिक यात्रामा सबै क्षेत्र र समुदायको सक्रिय सहभागिता जरुरी रहेको बताउँदै समावेशी समृद्धितर्फ अग्रसर हुन आह्वान गरिन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार ११:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP