मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुढानीलकण्ठमा स्कुटर र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, तीन घाइते

2.1K
SHARES
बुढानीलकण्ठमा स्कुटर र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु, तीन घाइते

काठमाडौं । बुढानीलकण्ठमा गएराति स्कुटर र मोटरसाइकल एकापसमा ठोकिँदा दुई युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।

दुर्घटनामा सिराहा जम्दह–४ निवासी २९ वर्षीय भोला थापा र नाम–थर नखुलेका अन्दाजी ३५ वर्षीय युवकको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार राति करिब पौने २ बजेतिर बुढानीलकण्ठ नगरपालिका–७ स्थित स्पेसलचोकमा गोल्फुटारबाट बुढानीलकण्ठ–नारायणस्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र बुढानीलकण्ठबाट गोल्फुटारतर्फ आउँदै गरेको प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल ठोकिँदा घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बुढानीलकण्ठ–८ भंगाल बस्दै आएका अन्दाजी २४ वर्षीय एरिक परियार, नाम–थर नखुलेका अन्दाजी २८ वर्षीय युवक र अन्दाजी ३० वर्षीय युवक गरी तीन जना घाइते भएका छन् । उनीहरूमध्ये नाम र ठेगाना नखुलेका दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते एक युवकले कालो ट्याक र निलो टिसर्ट तथा अर्कोले खैरो बक्स पाइन्ट र सेतो ट्याक लगाएको प्रहरीले जनाएको छ । मङ्गोलियन अनुहारका करिब ३० वर्षीय तीमध्ये एक जनाका हालसम्म कुनै आफन्त सम्पर्कमा नआएका प्रहरीको भनाइ छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रभाग बुढानीलकण्ठबाट प्रहरी सहायक निरीक्षक सुवर्ण प्याकुरेलको टोलीले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएको थियो । हाल दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २, सोमबार ०४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP