मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ढल्केबरको उद्योगमा ग्यास लिक भएर आगलागी, तीन कामदार गम्भीर घाइते

910
SHARES
ढल्केबरको उद्योगमा ग्यास लिक भएर आगलागी, तीन कामदार गम्भीर घाइते

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान करिब ७ः०० बजे राजेश अग्रवालले सञ्चालन गरेको ग्रिन बायो फ्युल उद्योग प्रालि (ब्रिकेट उत्पादन गर्ने उद्योग) परिसरभित्र कामदार बस्ने कोठामा खाना पकाउने क्रममा ग्यास चुहावट भएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी बाराको प्रसौनी गाउँपालिका–४ खुट्वा प्रसौनी निवासी २३ वर्षीय सोमराती अंसारी, २२ वर्षीय अब्दुल अंसारी र २५ वर्षीय धर्मराज महत्तो गम्भीर घाइते भएका छन् । तीनै जनाको शरीरका विभिन्न भागमा गम्भीर जलन भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल जनकपुरमा गरिएको थियो । उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौंस्थित बर्न अस्पताल, कीर्तिपुर रिफर गरिएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केबरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले आगो नियन्त्रणमा आइसकेको जनाएको छ ।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ७, बिहीबार ०६:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP