मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

156
SHARES
मौसम पूर्वानुमान: देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान छ । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रमा वर्षासँगै मेघगर्जन र चट्याङसमेत हुनसक्ने महाशाखाले जनाएको छ ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा हुनसक्ने बताइएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा पनि देशभर मौसम सामान्यतया बदली नै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३१, बुधबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP