मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चुनाव हुँदैन भन्ने अफवाह फैलाउनु अनुचित: गृहमन्त्री अर्याल

2.2K
SHARES
चुनाव हुँदैन भन्ने अफवाह फैलाउनु अनुचित: गृहमन्त्री अर्याल

पोखरा । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको प्रमुख दायित्व नै निर्वाचन सम्पन्न गर्नु भएकाले चुनाव हुँदैन भन्ने अफवाह फैलाउनु अनुचित र गैरजिम्मेवार काम भएको बताएका छन् ।

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै उनले हालको सरकार निर्वाचनमार्फत निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ गठन भएको स्पष्ट पारे । त्यसैले सरकारले तोकिएकै मितिमा निर्वाचन गराउन दृढताका साथ अघि बढेको उनको भनाइ थियो ।

अर्यालले लोकतन्त्रको आधार विधिको शासन र निष्पक्ष, धाँधलीरहित निर्वाचन भएको उल्लेख गर्दै निर्वाचनबाट पन्छिने वा सुशासन कमजोर बनाउने खालका गतिविधि स्वीकार्य नहुने बताए । “निर्वाचन हुँदैन भनेर भ्रम फैलाउने काम न्यायोचित हुँदैन,” उनले भने, “सरकार निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ ।”

उनले लुटिएका हतियार र फरार कैदीबन्दीलाई वर्तमान प्रमुख सुरक्षा चुनौतीका रूपमा औँल्याउँदै त्यसको समाधानका लागि सरकार जिम्मेवार ढंगले लागेको जानकारी दिए । उनका अनुसार लुटिएका हतियार बरामद गर्न विशेष अपरेसन सञ्चालन भइरहेको छ भने वार्ता, संवाद र छलफलका लागि पनि सरकार खुला छ ।

फरार कैदीबन्दीमध्ये करिब ७० प्रतिशत फिर्ता भइसकेको दाबी गर्दै बाँकी पनि क्रमशः आउने क्रममा रहेको अर्यालले बताए । गृहमन्त्री अर्यालले आगामी फागुन २१ गते तोकिएको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी पूरा हुँदै गएको बताए । निर्वाचन तोकिएकै मितिमा हुने र त्यसका लागि कार्यविधि तयार भई कार्यान्वयनमा रहेको उनको भनाइ थियो ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्देश्य शान्ति–सुरक्षा चुनौतीको विश्लेषण, आवश्यक तयारी र निर्वाचन व्यवस्थापनबारे निष्कर्षमा पुग्नु रहेको उल्लेख गर्दै उनले निर्वाचन सफल बनाउन प्रदेश सरकारको समेत महत्वपूर्ण भूमिका रहने भएकाले आवश्यक सहयोगका लागि आग्रह गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २९, सोमबार ०५:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP