मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले विधान महाधिवेशनमा २३९२ सहभागी हुने, तयारी तीव्र

1.8K
SHARES
एमाले विधान महाधिवेशनमा २३९२ सहभागी हुने, तयारी तीव्र

काठमाडौं । नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म आयोजना गर्न लागेको दोस्रो विधान महाधिवेशनमा कुल २३९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको मूल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सहभागी संख्या उल्लेख गरिएको हो ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधि संख्या २१२८ र आयोजक टोलीमा २६४ हुनेछन् । २०७८ मा चितवनमा सम्पन्न १०औँ महाधिवेशनका प्रतिनिधिहरू नै यस विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले केही केन्द्रीय सदस्य समेत आयोजक भूमिकामा रहनेछन् ।

महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न तयारी गरिएका छन् । सातदोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म बागमती प्रदेश, ललितपुर जिल्ला कमिटी तथा विभिन्न जनसङ्गठनहरूको तर्फबाट स्वागतद्वारहरू राखिनेछ । कार्यक्रमस्थलमा कम्तीमा ३ सय स्वयंसेवक परिचालन गरिँदैछ भने युवा संघ र खेलकुद महासंघले जिम्मेवारी लिएका छन् ।

सञ्चारकर्मीको रिपोर्टिङलाई सहज बनाउन महाधिवेशन स्थलमा व्यवस्थित न्यूज डेस्क र मिडिया पासको व्यवस्था रहनेछ । प्रतिनिधिहरूलाई डिजिटल कार्ड उपलब्ध गराइनेछ ।

एमालेले महाधिवेशनको मूल नारा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ भने बैठकले सामाजिक सञ्जालमार्फत प्रचार अभियान तीव्र बनाउने निर्णय गरेको छ । सहभागी प्रतिनिधिबाट कुनै शुल्क नलिइने र आवास व्यवस्थापन भने उनीहरूले आफैं गर्नुपर्नेछ ।

कार्यक्रम अवधिभर स्वास्थ्य सुविधा उपलब्ध गराउन तीन सिफ्टमा चिकित्सकसहित डेस्क राखिनेछ । सातदोबाटोबाट गोदावरीसम्म पुग्न सार्वजनिक यातायातको व्यवस्था पार्टीका विभिन्न कमिटीहरूले मिलाउनेछन् ।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । महासचिव पोखरेलले यो महाधिवेशन एमालेलाई अझ एकताबद्ध बनाउने अवसर भएको बताउँदै सबैलाई गम्भीर भएर जिम्मेवारी सम्हाल्न निर्देशन दिएका छन् ।

एमालेले आजदेखि विधान महाधिवेशनको ‘काउन्टडाउन’ सुरु गर्दैछ । महाधिवेशन हुन अझ १९ दिन बाँकी छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ०५:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP