मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम

546
SHARES
एमालेले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको अन्तिम नामावली तय गरेको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले १७ जनाको सूची अनुमोदन गरेको हो ।

पार्टीले समावेशी सिद्धान्तलाई आधार मान्दै विभिन्न समुदाय र समूहबाट सांसद छनोट गरेको जनाएको छ । जनजाति समूहबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्यलाई चयन गरिएको छ ।

खस–आर्य समूहबाट पद्मा अर्याल, टुकाभद्रा हमाल, यशोदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कंडेललाई समानुपातिक सांसद बनाउने निर्णय गरिएको छ । त्यसैगरी थारु समुदायबाट कृपाराम राणा सूचीमा परेका छन् ।

दलित समूहबाट विष्णुमाया वि.के. र नीता घतानी चयन भएका छन् भने मधेसी समुदायबाट रिङ्ला यादव, यशोधा कुमारी यादव र चन्द्रेश्वर मण्डललाई सांसद बनाइने भएको छ । मुस्लिम समुदायबाट साजिदा सिद्दीकीलाई समानुपातिकतर्फ प्रतिनिधिसभामा पठाउने निर्णय एमालेले गरेको छ ।

यस निर्णयसँगै आगामी प्रतिनिधिसभामा एमालेबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गर्ने सांसदहरूको सूची औपचारिक रूपमा तय भएको पार्टीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ३०, शनिबार १३:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP