मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री कार्कीले गरे महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव

1.5K
SHARES
प्रधानमन्त्री कार्कीले गरे महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी कार्कीले पुनसँगै केही युवा पत्रकारहरूसँग पनि छलफल गरेकी थिइन् । छलफलका क्रममा उनले पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्न आग्रह गरेको स्रोतले जनाएको छ । तर, पुनले यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन् । पत्रकारको जिज्ञासामा उनले छोटकरीमा भने, ‘यो अहिले बोल्ने कुरा होइन ।’

जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओलीको पतन भई बनेको अन्तरिम सरकारमा हाल तीनजना मात्र मन्त्री रहेका छन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा तथा भौतिक पूर्वाधारमा कुलमान घिसिङ र गृह तथा कानुन मन्त्रालयमा ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएकी छिन् ।

पुनलाई सरकारमा समेट्नुपर्ने आवाज जेनजी आन्दोलनमा सक्रिय युवा पुस्ताबाट बलियोसँग उठिरहेको छ । नेपालमा पहिलोपटक ताररहित इन्टरनेट सेवा सञ्चालन गरी रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका पुन हाल राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् ।

सन् २०१२ मा स्थापना भएको उक्त केन्द्रमार्फत उनले सूचना प्रविधि र आविष्कारमार्फत देशको विकासमा योगदान पुर्‍याइरहेका छन् । वर्षौंदेखि बन्द रहेको कृषि औजार कारखानालाई पनि उनले सञ्चालनमा ल्याएका छन् । हालै आफ्नै पुस्तक बिक्रीमार्फत उनले कारखाना सञ्चालनका लागि रकम संकलन गरेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार ०५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP