मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन

2.4K
SHARES
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन

मुम्बई । बलिउडका महानायक धर्मेन्द्रको सोमबार निधन भएको छ । उनको ८९ वर्षको उमेरमा सोमबार दिउँसो करिब १ बजे आफ्नै घरमा अन्तिम श्वास लिएको समाचार भारतीय न्यूज एजेन्सी आईएनएसले पुष्टि गरेको छ ।

दिवंगत अभिनेता धर्मेन्द्रको अन्तिम संस्कार विले पार्लेस्थित श्मशानभूमिमा भइरहेको छ । अन्तिम श्रद्धाञ्जली दिन बलिउड कलाकारहरूको ठूलो भीड श्मशानघाटमा पुगेको छ । अमिताभ बच्चन, उनका छोरा अभिषेक बच्चन, आमिर खान, ईशा देओललगायत दर्जनौँ कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सलमान खानका पिता तथा प्रसिद्ध संवाद लेखक सलीम खान पनि धर्मेन्द्रप्रति अन्तिम श्रद्धा व्यक्त गर्न पुगेका छन् । निर्माता–निर्देशक करण जोहरले धर्मेन्द्रको निधनलाई ‘एक युगको अन्त्य’ भन्दै गहिरो दुःख व्यक्त गरेका छन् । उनले धर्मेन्द्रलाई भारतीय सिनेमाका ‘साँचिकै दिग्गज, सदैव आकर्षक र असल मान्छे’को रूपमा सम्झिएका छन् ।

धर्मेन्द्रकी पत्नी तथा अभिनेत्री हेमा मालिनी पनि अन्तिम संस्कारमा सहभागी हुन श्मशानभूमि पुगेकी छन् । निधनको खबर सार्वजनिक भएपछि विले पार्ले श्मशानघाट वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । दिउँसो करिब १ बजे धर्मेन्द्रको घर बाहिर एम्बुलेन्स देखिएपछि भीड बढ्न थालेको थियो ।

बलिउड इतिहासमा अमिट छाप छोडेका धर्मेन्द्रको निधनले भारतीय फिल्म उद्योग शोकमा डुबेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ८, सोमबार ०९:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP