मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनाङ–२ उपनिर्वाचनः निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक

3K
SHARES
मनाङ–२ उपनिर्वाचनः निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक

काठमाडौं । प्रतिनिधि सभा सदस्य मनाङ निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म गर्न सकिनेछ । सोही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक सूची प्रकाशित गरिने छ ।

उक्त सूचीविरुद्ध उजुरी दिन सकिने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । उजुरी तथा मनोनयनपत्रको जाँचबुझ असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म सम्पन्न हुनेछ । त्यसपछि सोही दिन बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिने र दिउँसो ३ देखि साँझ ६ बजेसम्म निर्वाचन चिह्न वितरण गरिनेछ ।

आयोगका अनुसार मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा वा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले यस उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १७, मंगलवार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP