मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको आरोपः ‘माओवादीको इतिहास मेट्न षड्यन्त्र भइरहेका छन्’

2.7K
SHARES
प्रचण्डको आरोपः ‘माओवादीको इतिहास मेट्न षड्यन्त्र भइरहेका छन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनले ल्याएको परिवर्तनलाई बेवास्ता गर्दै त्यसको इतिहास मेट्न एक वर्ग सक्रिय रूपमा लागिरहेको आरोप लगाएका छन् ।

मंगलबार पार्टीको समाजकल्याण विभागद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादीको योगदानलाई निष्प्रभावी बनाउन गम्भीर षड्यन्त्र चलिरहेको दाबी गरे । “हाम्रो इतिहास मेटाउने, माओवादी आन्दोलनको उपलब्धि र औचित्यलाई कमजोर पार्ने ठूला प्रयत्नहरू भइरहेका छन्,” उनले भने, “न्वारनदेखिको बल लगाएर माओवादीले गरेको परिवर्तनलाई खारिज गर्न खोजिँदैछ ।”

प्रचण्डका अनुसार माओवादी आन्दोलनले नेपाली समाजमा ल्याएको संरचनात्मक परिवर्तनलाई स्वीकार गर्न नसक्ने वर्गले त्यसलाई बदनाम गर्न अनेकन प्रयास गरिरहेको छ । “हामीले गरेका सकारात्मक कामलाई स्थापित हुन नदिने प्रवृत्ति बलियो हुँदै गएको छ,” उनले भने, “त्यस्ता प्रवृत्तिको सामना गर्न सबैले सतर्क रहनु आवश्यक छ ।”

उनले पार्टीका कार्यकर्तालाई यस्ता षड्यन्त्रप्रति सचेत रहन र माओवादी आन्दोलनको सार्थकता जनस्तरसम्म पुर्याउन जोड दिन आग्रह गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार ०४:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP