मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुनी प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

650
SHARES
देशभर मनसुनी प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक बदली रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमको तराई क्षेत्रमा पनि सामान्य बदली तथा अन्य तराई भूभागमा आंशिक बदली रहनेछ ।

रातिको समयमा हिमाली भूभागका थोरै स्थान र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी र लुम्बिनीका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ३, बुधबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP