मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी न्यून चापीय प्रभाव कायम, पहाडमा वर्षा र हिमपातको सम्भावना

429
SHARES
पश्चिमी न्यून चापीय प्रभाव कायम, पहाडमा वर्षा र हिमपातको सम्भावना

नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ । यस प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पहाडी र हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम आंशिक बदलीसहित रहेको छ । कोशी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभरको मौसम विश्लेषण गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ । साथै अन्य हिमाली भू-भागमा पनि बादल लाग्ने अनुमान गरिएको छ । मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । अन्य हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा समेत वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यता मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम बढ्ने संकेत देखिएकाले केही स्थानमा गर्मीको अनुभूति बढ्न सक्ने महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २५, सोमबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP