मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय सुरक्षा परिषद्को निर्णय: प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन सिफारिस

2.9K
SHARES
राष्ट्रिय सुरक्षा परिषद्को निर्णय: प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेना परिचालन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको परिषद्को ४१औं बैठकले संविधानको धारा २६६ को उपधारा (१) अनुसार सेना परिचालनका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदनको मस्यौदाको पुनरावलोकन गरी आवश्यक संशोधनसहित स्वीकृत गरिएको र सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरिएको बैठकका सदस्य–सचिव तथा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालले जानकारी दिए ।

त्यस अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमामा विकसित घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने सम्भावित प्रभाव, चुनौती र आगामी रणनीतिबारे समेत विस्तृत छलफल गरिएको परिषद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देललगायतको सहभागिता थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ५, शुक्रबार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP