मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवनियुक्त मन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे

3.4K
SHARES
नवनियुक्त मन्त्री न्यौपानेको शपथ आज दिउँसो ३ बजे

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नयाँ नेतृत्वले आज औपचारिक जिम्मेवारी ग्रहण गर्दैछ । हालै नियुक्त भएकी मन्त्री भगवती न्यौपानेले आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका थिए । त्यसपछि मन्त्रीपरिषद्‍मा फेरबदलसँगै उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेकी हुन् ।

यसअघि सो मन्त्रालयको नेतृत्व सम्हाल्दै आएका मन्त्री राजकुमार गुप्ता ७८ लाख रुपैयाँ घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए । गुप्ताको राजीनामापछि मन्त्रालय केही दिनसम्म नेतृत्वविहीन थियो । त्यसपछि न्यौपानेलाई नयाँ मन्त्रीको रूपमा चयन गरिएको हो ।

न्यौपाने पार्टीभित्र अनुशासित, स्थिर र नीतिगत निर्णयमा दृढ नेतृको रूपमा चिनिन्छिन् । सरकारमा सहभागी भएपछि उनले कर्मचारी प्रशासन सुधार, संघीयतालाई कार्यान्वयनमा लैजाने र सेवा प्रवाह प्रभावकारी बनाउने जस्ता चुनौतीहरूसँग जुध्नुपर्नेछ ।

शपथपछि उनी मन्त्रालय पुगेर सचिवालयसँग छलफल गर्ने र प्राथमिक कार्यसूची तय गर्ने तयारीमा छिन् । पार्टी नेतृत्वको विश्वास प्राप्त गर्दै सरकारमा सहभागी भएकी न्यौपानेको प्रशासनिक नेतृत्वले कस्तो दिशा लिन्छ भन्ने कुरामा सबैको चासो केन्द्रित हुने देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ३२, बुधबार ०४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP