मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्विरोध निर्वाचित भएपछि रवि पुनः रास्वपाको नेतृत्वमा

819
SHARES
निर्विरोध निर्वाचित भएपछि रवि पुनः रास्वपाको नेतृत्वमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पार्टी सभापतिमा रवि लामिछाने पुनः निर्विरोध निर्वाचित भएका छन् । चितवनमा जारी महाधिवेशनमा उनको उम्मेदवारी एकल परेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

मंगलबार वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रस्तावमा लामिछानेले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्तापछि अन्य कुनै दाबेदार नआएपछि उनी पुनः पार्टी नेतृत्वमा चयन भएका हुन् ।

रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था छैन । अन्य पदाधिकारी तथा सदस्य पदका लागि भने निर्वाचन प्रक्रिया जारी रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १०, बुधबार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP