मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पपुलिस्ट राजनीति लोकतन्त्रविरुद्ध प्रयोग भइरहेको प्रचण्डको आरोप

1.7K
SHARES
पपुलिस्ट राजनीति लोकतन्त्रविरुद्ध प्रयोग भइरहेको प्रचण्डको आरोप

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका लागि ठोस योगदान नगरेकाहरू सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक लाभ लिन खोजिरहेको टिप्पणी गरेका छन् ।

सोमबार बिहान काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो समय नेपालमा लोकप्रियतावाद (पपुलिज्म) बढ्दै गएको उल्लेख गरे । उनले सामाजिक सञ्जालमा देखावटी गतिविधि गरेर राजनीतिमा स्थापित हुन खोज्ने प्रवृत्ति बढेको बताएका हुन् ।

उनका अनुसार विश्वका विभिन्न देशमा साम्राज्यवादी शक्तिहरूले लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गर्न पपुलिस्ट शक्तिहरूलाई प्रयोग गर्ने गरेको दाबी गरे । नेपालमा पनि भूराजनीतिक चलखेलमार्फत हस्तक्षेप गर्ने प्रयास भइरहेको उनको भनाइ थियो ।

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तर्फ संकेत गर्दै पपुलिस्ट शक्तिहरू विदेशी स्वार्थका लागि प्रयोग हुने पात्र बन्न सक्ने चेतावनी दिए । साथै, २६ घटक मिलेर बनेको नेकपा आगामी दिनमा देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबीसमेत उनले गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २६, सोमबार ०५:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP