मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनुवार सेवा समाजले गर्यो उधौली पर्वको अवसरमा शुभकामना व्यक्त

4.1K
SHARES
सुनुवार सेवा समाजले गर्यो उधौली पर्वको अवसरमा शुभकामना व्यक्त

काठमान्डु । सुनुवार सेवा समाज (सुसेस), संघीय समितिले किरात चाड उधौली पर्व २०८५ (वि.स. २०८२) को उपलक्ष्यमा देश–विदेशमा रहेका सम्पूर्ण सुनुवार समुदाय तथा नेपाली जनसाधारणप्रति सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ ।

समाजद्वारा जारी शुभकामना सन्देशमा उधौली पर्वले मानव समुदायको कल्याणको प्रतीक एवं पितृपूजासँग जोडिएको सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख छ । पर्वसँग सम्बन्धित परम्परा, चालचलन र सामूहिक पूजा संस्कृतिले समुदायलाई एउटै भावना र पहिचानमा बाँध्ने बताइएको छ ।

शुभकामना सन्देशमा केही दशकयता राज्यको नीति तथा परिस्थिति र लोभलालचका कारण सुनुवार समुदायको भाषा, संस्कृति र परम्परागत ज्ञान संकटमा परेको भन्दै यसलाई संरक्षण र प्रवर्द्धन गर्न सबैलाई आह्वान गरिएको छ । विदेश तथा देशका विभिन्न शाखा, प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका समितिहरूले यस पर्वलाई भव्यताका साथ मनाइरहेको समाजले जनाएको छ ।

समाजका अध्यक्ष अमृतबहादुर सुनुवारद्वारा हस्ताक्षरित सन्देशमा किरातहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्व उधौलीमार्फत समुदायबीच एकता, पहिचान र परम्परागत ज्ञानको प्रसार हुने विश्वास व्यक्त गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १८, बिहीबार ०५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP