मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतीय विदेश सचिव मिस्रीद्वारा प्रधानमन्त्री ओलीलाई नयाँ दिल्ली यात्राको निम्ता

2.3K
SHARES
भारतीय विदेश सचिव मिस्रीद्वारा प्रधानमन्त्री ओलीलाई नयाँ दिल्ली यात्राको निम्ता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई दिने औपचारिक भारत भ्रमणको निमन्त्रणा पठाएका छन् । उक्त सन्देश भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्री ओलीले उक्त निमन्त्रणा स्वीकार गरिसकेका छन् । उनले भने, “अब भ्रमणको मिति, स्थान र प्रमुख एजेन्डाहरू नेपाल–भारत परराष्ट्र संवादका माध्यमबाट टुंगो लगाएर सार्वजनिक गरिनेछ ।”

बालुवाटारमा ओली र मिस्रीबीच करिब एक घण्टा शिष्टाचार भेट भएको थियो । भेटमा दुई देशबीचको कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार तथा सीमा सहकार्यका विषयमा प्रारम्भिक छलफल भएको बताइएको छ ।

भारतीय विदेश सचिव मिस्री प्रधानमन्त्री मोदीको विशेष सन्देश लिएर आइतबार बिहानै काठमाडौँ आएका हुन् । नेपाल बसाइका क्रममा उनले परराष्ट्र मन्त्री आरजु राणा देउवा, राष्ट्रपति रामचन्द्र पौडेललगायतसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ ।

मिस्री सोमबार स्वदेश फर्किनुअघि पशुपतिनाथ मन्दिरमा पूजा गर्नेछन् । प्रधानमन्त्री ओली आगामी भदौ ३१ देखि असोज १ गतेभित्र भ्रमणमा जानसक्ने अनुमान गरिएको छ, यद्यपि मिति औपचारिक रूपमा घोषणा भएपनि बाँकी छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १, आईतवार ११:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP