मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर मनसुनी प्रभाव कायमै, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

546
SHARES
देशभर मनसुनी प्रभाव कायमै, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थान, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ ।

रातिको समयमा कोशीको तराईका केही स्थान, मधेस तथा बागमती र गण्डकीका तराईका थोरै स्थान र लुम्बिनी तथा सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ७, आईतवार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP